+
+

त्रिवि मैदानमा फ्लड लाइट राख्न निर्माण कम्पनीसँग मंसिरमा मात्रै सम्झौता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १७:११

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।

तर उसँग ठेक्का सम्झौता मंसिरमा मात्रै हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । एमएसआईपीएल–एएससी पावर जेभीले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लड लाइट जडान र केही विद्युतीय काम गर्ने छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपका इन्जिनियर सबिन महर्जनले खेलकुद परिषदको ऐन अनुसार ठेक्का पास भएको दिन एलओआई (आशय पत्र) जारी भएको बताए ।

एमएसआईपीएलका नाममा आशय पत्र जारी भएको एक हप्तापछि मात्रै ठेक्का सम्झौता गर्ने प्रावधान रहेकाले सम्झौता मंसिर मात्रै हुने उनले बताए ।

‘एक हप्ताको बीचमा तिहार छ । सायद अब तिहारपछि मात्रै सम्झौता हस्ताक्षर हुनेछ’, राखेप इन्जिनियर महर्जनले भने ।

सम्झौता हस्ताक्षर भएपछि मात्रै कम्पनीले काम सुरु गर्न पाउनेछ ।

उनका अनुसार ४ वटा कम्पनीले टेन्डर हालेका थिए । जसमध्ये एमएसआईपीएललाई नियमन विभागको मापदण्द अनुसार पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?