+
+

‘टाइगर ३’ मा शाहरुख र ऋतिक पनि, ओपनिङ अकुपेन्सी आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १२:५७

काठमाडौं । बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ ।

यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् । ‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छ भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका छ ।

‘टाइगर ३’ भारतीय जासूस एजेन्सी रअका टाइगर (सलमान खान)को वरपर घुमेको छ । पाकिस्तानी जासूस एजेन्सी आईएसआईकी एजेन्ट जोया (कट्रिना)सँग विवाह गरेपछि देशद्रोहको आरोप लागेको टाइगर यतिबेला अष्ट्रियामा परिवारसँग निर्वासन जीवन बाँचिरहेको छ ।

यस्तोमा ऊसामु रअका अन्य एजेन्टलाई पाकिस्तानबाट उद्धार गर्नुपर्ने जिम्मा आइलाग्छ । पारिवारिक चुनौतीको बाबजुद टाइगर मिसनमा फर्किनुपर्ने हुन्छ । उसको मिसनमा बदलाप्रेरित ढंगले अघि बढेका इमरान हासमी अवरोध बन्छन् । लुकामारी, दौडधुप र भरमार एक्सनसहित ‘टाइगर ३’ अघि बढ्छ ।

फिल्मको अन्त्यमा युनिभर्सको आगामी श्रृंखलाको रुपमा ‘वार’ कबीर अर्थात् ऋतिक रोशनलाई दर्शाइएको छ । कबीरलाई खतरनाक लडाकुको भूमिकामा देखाइएको छ ।

तिहार बिदामा रिलिज भएको यो फिल्मले आक्रामक ओपनिङ गर्ने पक्का छ । शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘दिमाग खराब’ले आइतबार उत्साहकजनक रुपमा दर्शकको साथ पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?