+
+

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले गर्यो सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते ७:२८

३० कात्तिक, काठमाडौं । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ यहाँ २ करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरूङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्याइदिने जानकारी दिएको डा. भट्टराईले बताए । स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?