+
+

छठमा एकदिवसीय अन्तरक्रिया गर्दै मधेश मानस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १४:३५

३० कात्तिक, काठमाडौं । मधेश मानस संस्थाले जनकपुरधाममा आउँदो शुक्रवार एकदिवसीय अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

मधेशको सामाजिक, राजनीतिक र सांस्कृतिक सम्बन्धमा अध्ययन अनुसन्धानका लागि खोलिएको मधेश मानस संस्थाले छठ पर्वको रमझममा जनकपुरको गंगासागर पोखरी डिलमा एकदिवसीय कार्यक्रम गर्ने जनाएको छ ।

छठ पर्वको नाह्य खाय (नुहाएर चोखो बन्ने) दिनमा उक्त संस्थाले २५ वर्ष पछिको जनकपुरधाम, मधेश राजनीतिमा देखिएको निराशा भित्रको आशा र छठको सामाजिक तथा सांस्कृतिक महत्व माथि अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

२५ वर्ष पछिको जनकपुरधाम शीर्षकको अन्तरक्रियामा यहाँका मेयर मनोज साह, उपमेयर किशोरी साह सहित मधेश प्रदेश सरकारका मन्त्री सुरिता साह र प्रदेश पूर्व नीति आयोगका प्रमुख डा भोगेन्द्र झा वक्ताका रुपमा रहने छन्।

त्यसैगरी मधेश राजनीति भित्रको निराशा भित्रको आशा शीर्षकमा मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादव सहित नेतृ विभा ठाकुर, राजनीतिक विश्लेषक राकेश मिश्र र मानस संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा रहने छन् ।

यस्तै छठको सामाजिक तथा सांस्कृतिक महत्व बारेको शीर्षकमा प्रसिद्ध लेखक तथा विचारक सिके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

मधेशको सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्र बारेमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले हालैमा लेखक तथा सामाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झाले मधेश मानस नामक संस्था खोलेका छन् ।

यो संस्थाले मधेशमा आगामी दिनमा थप परिस्कृत हुँदै मधेशका सम्पूर्ण पक्षहरुमाथि अध्ययन, अनुसन्धान तथा बहस जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?