+
+

स्पेनको जितमा १६ वर्षीय यामलको पनि गोल 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते ७:२६

काठमाडौं । युरोकप २०२४ को छनोटमा स्पेनका १६ वर्षीय लामिन यामलले गोल गरेका छन् । समूह ए अन्तर्गत गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ३-१ ले पराजित गर्दा यामलले पहिलो गोल गरेका थिए ।

उनले खेलको पाँचौ मिनेटमै मिकेल मेरिनोको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले स्पेनका लागि दोस्रो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

‘वन्डरकिड’का रुपमा परिचित यामलले यसअघि सेप्टेम्बरमा छनोट अन्तर्गत जर्जिया विरुद्ध गोल गर्दै स्पेनको सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए ।

२२औं मिनेटमा मिकेल ओयाजाबलले स्पेनको लागि दोस्रो गोल गरे । ओयाजाबलकै पासमा जोसेलुले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो आभा घण्टा भित्रै ३-० को अग्रता बनाएको थियो ।

साइप्रसका लागि कोस्टास पिलेसले दोस्रो हाफमा सान्त्वना गोल फर्काए ।

यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको स्पेन जितपछि ७ खेलबाट १८ अंक जोडेर समूह एको शीर्ष स्थानमा छ । साइप्रसको भने यो लगातार आठौं हार हो र उसले अंकविहीन हुँदै छनोट चरण सकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?