+
+
चारदेशीय महिला टी-२० सिरिज :

तेस्रो स्थानको लागि नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते ७:५५

३ मंसिर, काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।

यसअघि लिग चरणमा नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।

चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।

लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो ।

शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?