+
+

खुकुरी समातेर चर्चित नेपाली गीतमा नाचे बलिउड अभिनेता विक्की कौशल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १२:००

काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले आगामी फिल्म ‘साम बहादुर’का लागि चर्चित नेपाली देशभक्ति गीत ‘यो नेपाली शीर उचाली…’मा नृत्य गरेका छन् ।

लखनउमा भएको फिल्मको गीत छायांकनको क्रममा गोर्खा रेजिमेन्टका भारतीय जवानहरुसँग उनले गीतमा नाचेका हुन् । उनले सामाजिक संजालमा उक्त गीत छायांकनको क्रममा आफूले नृत्य गरेको भिडियो पनि सेयर गरेका छन् । उनले गोर्खा रेजिमेन्टका जवानसँग खानपिन गरेको पनि देखिन्छ ।

भिडियोमा विक्कीले हातमा खुकुरी लिएर नृत्य अभ्यास गरेको देखिन्छ । उनीसँगै सेनाका अन्य जवानले पनि युद्ध कौशलको झल्को दिने गरि डान्स गरेका छन् । ‘जय मा काली, आयो गोर्खाली’ भन्दै गीत सेयर गरेका छन् । उनले रिल्समा पनि सेयर गरेको भिडियोमा ‘उनीहरुको खुकुरी समात्दा आफूलाई गौरव महसुस भएको लेखेका छन् ।

लखनउस्थित आर्मी पब्लिक स्कुलमा पनि कौशललाई विद्यार्थीले स्वागत गरेका थिए । उनले मुलुकको रक्षाका लागि गोर्खा सैनिक उल्लेखनीय योगदान रहेको भन्दै प्रशंसा समेत गरेका छन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधिारित यो फिल्म यतिबेला गीत सुटिङ भैरहेको छ ।

फिल्ममा विक्कीले मनेकसवाकै भूमिकामा अभिनय गरेका छन् । मेगना गुल्जार निर्देशित यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?