+
+
Shares

तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि अस्पतालका कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १४:४९

काठमाडौं । तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले तीनदेखि १० महिनासम्मको तलब नदिएको भन्दै उनीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

जसअनुसार सोमबार उनीहरुले महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई पारिश्रमिक एकमुष्ट पाउनुपर्ने माग गर्दै पत्र बुझाउने भएका छन् । यस्तै मंसिर ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी गर्ने र ६ गते अस्पताल सञ्चालकको घर घेराउ गर्ने कार्यक्रम तय गरेका छन् ।

अस्पतालका प्रविधिक दिलविक्रम विक भन्छन्, ‘मैले पनि तीन महिनादेखि तलब पाएको छैन । कसैको त १० महिनासम्मको बाँकी छ । हामीले अस्पताल व्यवस्थापनसँग कुरा गरेर समस्या समाधान गर्ने प्रयास गर्‍यौं, तर जति प्रयास गर्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर आजबाट हामी आन्दोलन गर्दैछौं ।’

अस्पतालले बिजुलीको रकम भुक्तानी नगरेपछि विद्युत प्राधिकरणले लाइनसमेत काटेको छ । कोभिडको समयदेखि अहिलेसम्म प्राधिकरणलाई २६ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?