+
+

खेल अगाडि बाख्राको रगत किन पिउँथे यी खेलाडीले ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ९:३५

मानिसहरुले अन्धविश्वासका कारण जस्तोसुकै काम गर्न पनि पछि हट्दैनन् । एकजना फुटबल खेलाडीका बारेमा पनि यस्तै खबर छ । ती खेलाडीले आफ्नो फुटबल प्रतियोगिता अगाडि गुड लकका लागि भन्दै बाख्राको रगत पिएका थिए ।

उनको नाम डिन स्यान्डर्स हो र उनी टर्कीका राष्ट्रिय फुटबल खेलाडी थिए ।

डेली स्टारका अनुसार खेलाडीहरुका आफ्नाआफ्ना मान्यता तथा विश्वासहरु हुन्छन् ।

कतिपय खेलाडीहरुले एउटा तालिका अनुसार काम गर्दछन्, जस्तै सबैभन्दा पहिले दायाँ खुट्टामा मोजा लगाउने, दायाँ खुट्टामा प्यान्ट लगाउने वा दायाँ खुट्टामा जुत्ता लगाउने अनिमात्र बायाँमा लगाउने ।

यद्यपि जब अन्धविश्वासको कुरा आउँछ तब निकै कममात्रै मानिसले यसो गर्न सक्छन् जो लिभरपुलका पूर्वफरवार्ड डिन स्यान्डर्सले गर्दथे । त्यसबेला उनी टर्कीको ग्यालाटसरायका लागि खेल्दथे ।

उनका अनुसार एक फुटबल प्रतियोगिताका बेला खेलभन्दा अगाडि बाख्राको गर्धन काटियो र त्यसको रगतलाई उनका साथीहरु भएको ठाउँमा पुर्‍याइयो ।

सन् १९९५/९६ को सिजनमा टर्किस जाएन्ट्सका लागि खेलेका फुटबलर स्यान्डर्स भन्छन्, ‘एक खेलभन्दा पहिले उनीहरुले बाख्रालाई ल्याए र हाम्रो अगाडि उसको गला काटिदिए । यो अलिक स्तब्ध बनाउने खालको छ ।’

एनले भनेका छन्- हामीले पिएको नाटक गर्यौं तर कप तातो थियो । यो एउटा धामिक विषय हो । डराउनुपर्ने कुरा चाहिं यो छ कि उक्त दिन त्यो पहिलो बाख्रो थिएन जसको गला काटिएको थियो । खेलका क्रममा एएटा यस्तो सहरमा गइयो जसभन्दा घटिया सरकार त सायद देख्नुभएकै छैन । यत्रतत्र धूलो थियो । मानिसहरुले जुत्ता लगाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?