+
+

सूर्य नेपाल सेन्ट्रल ओपनमा एमरच्योर सद्‍भावलाई करिअरको दोस्रो उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १७:१६

७ मंसिर, काठमाडौं । युवा एमेच्योर गल्फर सद्‍भाव आचार्य सूर्य नेपाल गल्फ टुर अन्तर्गत यो सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् ।

सद्‍भाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करिअरको दोस्रो उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सद्‍भावले समग्रमा १७-अन्डर २७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन् ।

इभन-पार ७२ खेल्दै समग्रमा १०-अन्डर २७८ सहित दिनेश प्रजापति दोस्रो भए । प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ७-अन्डर २८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए ।

प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे ।

आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन-पार २८८ प्रदर्शनमा चौथो भए । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो ।

समग्रमा २-ओभर २९० को स्कोरमा निरज तामाङ पाँचौ भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए ।

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौं भए।

समग्रमा ४-ओभर २९२ सहित रबि खड्का सातौं भए । उनले आज इभन-पार ७२ मा खेल सकाए । उनले ५० हजार प्राप्त गरे।

आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार राशी हात पारे ।

समग्रमा ६-ओभर २ सय ९४ सहित धनबहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौं भए। धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे । दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?