+
+

गोविन्द केसीलाई गलत गिरोहले चलाइरहेको छ : स्वास्थ्यमन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते १८:१६

९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीलाई गलत गिरोहले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा उनले केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाए । उनले केसीले अनसन बसेपछि चिकित्सकहरुले समर्थन गर्ने गरेकामा पनि आपत्ति जनाए ।

‘म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नुभएपछि तपाई (डाक्टरहरु) फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नुहुन्छ । किन हिँडेको भनेर मैले सोधे, साथीहरुले काम चाहिँ गल्ती थियो, तर हामी हिँड्नैप¥यो । अनि किन हिँड्या भनेको ज्यान जोगाइदिन, मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ ?’ मन्त्री बस्नेतले भने ।

उनले अगाडि भने, ‘यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईंहरुलाई पनि कारबाही हुन्छ ।’

मन्त्री बस्नेतले चिकित्सा शिक्षामा हालको नीति नियम परिवर्तन नगरे ५ वर्षपछि देशमा डाक्टर र नर्स फेला पार्न मुश्किल हुने बताए । उनले नेपालमा चिकित्सक र नर्स धेरै उत्पादन गरेर विदेश पठाउन सकेमा रेमिट्यान्स पनि धेरै आउने दाबी गरे ।

‘अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाइरहेका छौं । सारा बर्बाद गरेका छौं । कोरा व्यक्तिलाई विदेश पठाएर । यसैकारण ठगिएका छन् हाम्राहरु । बदनाम भएका छन् । आम्दानी राम्रो हुँदैन । तर योग्य, दक्ष मानिसहरु जाँदाखेरि त्यसको सम्मान अर्कै हुन्छ । राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?