+

कामार्दा बने सिरी ए खेल्ने कान्छा खेलाडी

२०८० मंसिर  १० गते १३:४७ २०८० मंसिर १० गते १३:४७
कामार्दा बने सिरी ए खेल्ने कान्छा खेलाडी

१० मंसिर, काठमाडौं । एसी मिलानका फ्रान्सेस्को कामार्दा इटालियन सिरी ए लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले शनिबार १५ वर्ष २६० दिनको हुँदा फियोरेन्टिनाविरुद्ध खेल्दै उक्त कीर्तिमान बनाएका हुन् ।

युवा स्ट्राइकर कामार्दा ८३ औं मिनेटमा लुका जोभीको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । यसअघि बोलोग्नाका विजडोम अमेयीले सन् २०२१ मा १५ वर्ष २७४ दिनको हुँदा खेल्दै कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए ।

भेट्रान फरवार्ड ओलिभर जिरुड निलम्बन र नोह ओकाफोर घाइते भएकाले कामार्दालाई पहिलो पटक टिममा राखिएको थियो ।

उनले गत सेप्टेम्बरमा न्युकासल युनाइटेडविरुद्ध युईएफए युथ लिगमा डेब्यु गर्दै दुई गोल गरेका थिए । इटालियन सिरी एमा १६ औं जन्मदिन अघि नै डेब्यु गरेका ८ खेलाडीमध्ये कामार्दा पनि एक बनेका छन् ।

कामार्दाले कीर्तिमान बनाएको खेलमा थियो हर्नान्डेजको एक मात्र गोलमा मिलानले फियोरेन्टिनालाई १-० ले हराएर ३ अंक जोडेको छ ।

सिरी ए मा मिलान १३ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेका इन्टर मिलान ३१ अंकसहित पहिलो र युभेन्ट्स २९ अंकसहित दोस्रोमा छ ।

फ्रान्सेस्को कामार्दा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय