+
+

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १७:२५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ । यस विषयमा महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग बैंकले समझदारी गरेको छ ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्धत पुर्‍याउने उद्देश्यले बैंकले उक्त बगैंचा मर्मतसम्भार गर्न समितिसँग सम्झौता गरेको जनाइएको छ ।

बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।

बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पु¥याउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ ।

समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?