+
+

विवाहका लागि मणिपुरको इम्फाल पुगे रणदीप र प्रेमिका लिन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १२:४४

काठमाडौं । बलिउड अभिनेता रणदीप हुड्डा र प्रेमिका लिन लैसराम बुधबार विवाह गर्दैछन् । विवाहकै लागि उनीहरु सोमबार भारतको उत्तरपूर्वी राज्य मणिपुरको इम्फाल पुगेका छन् । यो थलोमा भव्य विवाह समारोह आयोजना भएको छ ।

यसअघि दुवैले इम्फालको हेइङ्गाङको एउटा मन्दिर पूजा गरेका थिए । रणदीपले यहाँ उपस्थित पत्रकारसँग कुरा गर्दै सुखद् दाम्पत्य जीवनको कामना गरेका थिए ।

दुवैले विवाहलाई लिएर भनेका छन्, ‘हामी विवाहबारे घोषणा गर्न पाउँदा धेरै खुसी छौं । हाम्रो विवाह समारोह 29 नोभेम्बर २०२३ मा मणिपुरको इम्फालमा हुनेछ । त्यसपछि मुम्बईमा रिसेप्सन हुनेछ। यो नयाँ यात्राको सुरुवातमा हामी तपाईंको आशीर्वाद र मायाको अपेक्षा गर्दछौं ।’

साथै मिडियाको कुराकानीमा ‘सर्वजीत’ अभिनेताले भनेका छन्, ‘म सुखी भविष्य, मणिपुर र विश्वका सबै ठाउँमा शान्ति, सुखी दाम्पत्य जीवन र अन्य धेरै कुराको लागि प्रार्थना गर्दछु ।’ गत शनिबार लिन र रणदीपले इन्स्टाग्राममार्फत विवाहको घोषणा गरेका थिए ।

उक्त संयुक्त नोटमा उनीहरुले महाभारतको एक प्रसंग निकाल्दै अर्जुनले मणिपुरकी योद्धा राजकुमार चित्रागंदासँग विवाह गरेको उल्लेख गरेका छन् । ‘हामी हाम्रो परिवार र साथीभाइको आशिर्वाद लिएर विवाह गर्दैछौं । हाम्रो विवाह २४ नोभेम्बर २०२३ मा मणिपुरको इम्फाल र त्यसपछि मुम्बईमा रिसेप्सन हुनेछ भन्ने कुरा सेयर गर्न पाउँदा खुसी छौं । हामी सधैं ऋणी र कृतज्ञ छौं,’ उनीहरुले भनेका छन् ।

सन् २००७ मा रिलिज भएको ‘ओम शान्ति ओम’ फिल्मबाट लिनले बलिउड डेब्यु गरेकी थिइन् । सन् २०१४ को ‘मेरी कोम’, २०१५ को ‘उमरिका’, २०१७ को ‘रंगुन’ र ‘कैदी बन्दी’ र २०१९ को ‘एक्जोन’मा अभिनय गरेकी थिइन् । उनको पछिल्लो फिल्म ‘जाने जान’ थियो ।

अर्कोतर्फ रणदीप फिल्म ‘स्वतन्त्र वीर सावरकर’मा देखिनेछन् । यो फिल्म वीर सावरकर भनेर चिनिने भारतीय स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरको बायोपिक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?