+
+

प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १४:५५

काठमाडौं । प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।

टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

मूलत: हिन्दी भाषामा बन्ने यो फिल्म दक्षिण भारतीय भाषाहरुमा समेत स्वरांकन हुने बताइएको छ । जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले मिलेर बनाउँदैछन् । सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् ।

फिल्ममा नायिका र अन्य कलाकार भने तय गर्न बाँकी रहेको र भारतमा चाँडै छायांकन सुरु गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?