+
+

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १५:२४

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मूल्य बढेको छ । पछिल्लो समय बढ्दो पर्यटकको संख्या र पर्यटन सिजन सुरु हुँदै गर्दा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका हुन् ।

मंगलबारको कारोबारपछि नेप्से परिसूचक भने १८९४ विन्दुमा कायम भएको छ । दिउँसो सवा १ बजे नेप्से घटेर १८८५ विन्दुसम्म झरेकोमा अन्ततः सम्हालिएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब २८ करोडमा खुम्चियो । कुल १०२ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ११ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १६९ अंक बढ्दा उत्पादन ३३, जलविद्युत् ३ र फाइनान्स समूह ५ अंक बढे । बैंकिङ ६, विकास बैंक १९, जीवन बीमा ७, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २, अन्य २ र ब्यापार उपसमूह २७ अंक घटे ।

मूल्य धेरै घटबढ भएका कम्पनी

बुद्धभूमि हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.९, तारागाउँ रिजेन्सीको ८.२, अभियान लघुवित्तको ७.८, स्वेतगंगा हाइड्रोको ७.६, मकरजितुमाया हाइड्रोको ७.४, मेन्छयाम हाइड्रोको ६.८ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । मिडसोलु हाइड्रोको ४.७, विजय लघुवित्तको ४.६ तथा आरम्भ चौतारी लघुवित्तको मूल्य ४.१ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सोल्टी होटल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?