 
																			१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा नेपाली विषय पढ्न दिने भएको छ ।
नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो ।
बुधबार विभागीय प्रमुख तथा प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता भएको व्यक्तिले नेपाली विषय स्नातकोत्तर तहको प्रवेश योग्य हुने जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4