१३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालीन टेबल टेनिस प्रतियोगिताको पाँचौं संस्करण मंगलवारबाट सुरु भएको छ ।
विभिन्न १५ इभेन्ट्समा ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए ।
ललितपुरमा विगतमा रातिमा टेबल टेनिस खेल्ने संस्कारलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताका सहयोगी रहेका ललितपुर महानगरपालिकाका मेयर महर्जनले खेलाडीहरुको पुरस्कारका लागि महानगरपालिकाले थप सहयोग गर्ने बताए ।
ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भएको हो।
वडानम्बर ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको अध्यक्षतामा भएको प्रतियोगितामा मुल आयोजक समितिका संयोजक नदिम रत्न शाक्यले स्वागत मन्तव्य व्य्कक गरेका थिए ।
मंगलबार पहिलो चरणका खेलहरू सुरु भएको छ । रात्रिकालीन टेबल टेनिस खेलेर ललितपुर जिल्लाका थुप्रै खेलाडी राष्ट्रिय टोलीमा पुगेका छन् । ती खेलाडीहरुलाई कार्यक्रममा उपस्थित थिए ।
अहिले पनि राष्ट्रिय टोलीमा ललितपुर जिल्लाका थुप्रै खेलाडीहरु छन् ।
प्रतियोगितामा महिला र पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडलको पनि व्यवस्था गरिएको छ ।
कुल तीन लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
जसमा आयोजक वडाानम्बर ११ ले १० लाख रुपैयाँ तथा ललितपुर उपमहानगर पालिका र अन्य प्रायोजकबाट प्राप्त हुने जनाइएको छ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4