+
+

सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १०:००
जलेश्वरमा बसेको रास्वपाको बैठक ।

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए ।

रास्वपाका एक नेताले अनलाइनखबरसँग भने, ‘सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भइसकेको छ ।’

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । त्यसपछि महाधिवेशनको विधि प्रक्रिया, सांसद स्वणिर्म वाग्लेलाई उपसभापति बनाउने र केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय हुने एक नेताले बताए ।

प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । उनीहरु सबैलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् । केन्द्रीय सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी छ ।

यसअघि बैठकमा महाधिवेशनको विधि प्रक्रियाको विषयमा छलफल भएको थियो भने संसदीय फाँटको रिपोर्टिङ प्रमुख सचेतक सन्तोष परियारले गरेका थिए । प्रदेश सभापतिहरुले संगठनात्मक अवस्थाबारे धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?