१३ मंसिर, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले राष्ट्रिय टीमको प्रमुख प्रशिक्षक राहुल द्रबिडको कार्यकाल बढाउने घोषणा गरेको छ ।
द्रबिडका साथै टिमका ब्याटिङ कोच विक्रम राठौर, बलिङ कोच पारस म्हाम्ब्रे, फिल्डिङ कोच आर श्रीधरसहित सबै सपोर्ट स्टाफको कार्यकाल थप्ने बीसीसीआईले निर्णय गरेको छ ।
उनीहरूसँगको सम्झौता हालै सकिएको विश्वकप क्रिकेटसम्म मात्र थियो । द्रबिड सन् २०२१ को नोभेम्बरमा भारतीय टिमको प्रमुख प्रशिक्षक बनेका थिए ।
उनकै प्रशिक्षणमा भारत तीन वटै फर्म्याट टेष्ट, एक दिवसीय र टी-२० को वरीयतामा शीर्ष स्थानमा पुगेको थियो । तर भारत विश्वकप क्रिकेटसहित आईसीसीको प्रतियोगिता जित्न भने असफल भयो ।
विश्वकप क्रिकेटमा समूह चरणका सबै ९ वटा र सेमिफाइनल खेले जिते पनि भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
प्रतिक्रिया 4