+
+

१८७६ विन्दुमा झर्‍यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १५:४३

१३ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो ।

नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब १ करोड रुपैयाँमा खुम्चियो ।

कुल ४२ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचकहरु घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.१३ प्रतिशत घट्यो ।

अंकका आधारमा बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २१, होटल तथा पर्यटन ५५, जलविद्युत् २८, जीवन बीमा १५९, उत्पादन १०६, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १५४ र ब्यापार उपसमूह २९ अंक घटे । अन्य उपसमूह भने जम्मा २ अंक बढ्यो ।

यस दिन विजय लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.८ प्रतिशत बढ्यो । अपरहेवाखोलाको ३.१ तथा समाज लघुवित्तको मूल्य १.९ प्रतिशत बढ्यो । त्यस्तै बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । अभियान लघुवित्तको ७, माहुली लघुवित्तको ५.३, स्वेतगंगा हाइड्रोपावरको ५.२ तथा युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक संस्थापक, सोल्टी होटल क्रमशः अगाडि रहे ।

बुधबार प्राविधिक कारणले सेयर बजार बिहान ११ बजेर २४ मिनेटमा मात्रै खुलेको थियो । जसले गर्दा नेप्सेले कारोबार अवधि ३ बजेर २४ मिनेटसम्म कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?