+
+
Shares

मधेश प्रदेश सभामा सातवटै संसदीय समितिले पूर्णता पायो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १४:४०

१४ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सभामा सातवटै संसदीय समितिको सभापति चयनले पूर्णता पाएको छ । बाँकी २ संसदीय समितिको सभापति चयन भएपछि संसदीय समितिले पूर्णता पाएको हो ।

बाँकी रहेको प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीबाट रतनेश्वर गोईत यादव र कृषि तथा भुमी व्यवस्थापन समितिको सभापतिमा काँग्रेसका संजय कुमार महतो निर्विरोध सभापति चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि २ असारमा अन्य पाँच दलबाट पाँचवटा संसदीय समितिको सभापति सहमति मै चयन गरिएको थियो ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापति चयन भइसकेका छन् ।

प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?