News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आएको बाढीपछि मधेश प्रदेशका ३० जना सम्पर्कविहीन भएका छन्।
- प्रहरीका अनुसार पर्साका १६, बाराका ३, रौतहटका २, सर्लाहीका ६ र सप्तरीका २ जना सम्पर्कविहीन छन्।
- सम्पर्कविहीनमध्ये सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान उद्धारपछि सम्पर्कमा आएका छन्।
११ भदौ, जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मधेश प्रदेशका ३० जना सम्पर्कविहीन भएका छन् ।
परिवार तथा आफन्तले दिएको जानकारी अनुसार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ३० जना रसुवाका विभिन्न स्थानमा कार्यरत वा बसोबास गर्दै आएका थिए । उनीहरू सम्पर्कमा छैनन् ।
प्रहरीका अनुसार पर्साबाट १६ जना, बाराबाट ३ जना, रौतहटबाट २ जना, सर्लाहीबाट ६ जना र सप्तरीबाट २ जना सम्पर्कविहीन छन्।
पर्साबाट सम्पर्कविहीन हुनेमा नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीलगायत छन्।
यसैगरी बाराका नारायण सिंह, सत्यप्रकाश राम र अन्कित पटेल सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
रौतहटका गौरव राउत र शेख मजिद तथा सर्लाहीका माधव काफ्ले, अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा र सुनिल कुशवाहा पनि सम्पर्कविहीनको सूचीमा छन्।
सप्तरीका अजयकुमार यादव र साजन चौधरीको अवस्था पनि हालसम्म यकिन हुन सकेको छैन।
प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि सम्पर्कमा आएका छन्। बाँकी व्यक्तिहरूको अवस्था यकिन गर्न खोज तथा उद्धार कार्य भइरहेको छ।
मधेश प्रदेश प्रहरीले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई अनावश्यक त्रास र भ्रममा नपर्न आग्रह गरेको छ।
प्रतिक्रिया 4