+
+

५० टहरा हस्तान्तरण गरेर फर्के अजयबाबु शिवाकोटी 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १६:००

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।

उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् ।

पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५० टहरा बनाएका हुन् । कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ ।

सोही क्रममा नेता शिवाकोटीले आफ्नो जिम्मेवारीलाई सहश्र लिँदै समजासेवामा उत्रिएका हुन् । सायदै यसरी उनले आफ्ना लागि घरका टहरा वा गाईवस्तु पाल्ने गोठ वा अन्य कुनै प्रयोजनका लागि छाप्रा वा टहर बनाए होलान् ।

तर विपदमा मानवीयता देखाउनु पर्ने भएकाले उनमा स्वतस्फूर्त बल आएको हो । त्यतिमात्र होइन पार्टीको निर्देशनलाई सिरोपर गर्दै उनी प्रतिकूल मौसमबीच पनि आठबिसकोट पुगेर आफैँ खटिएर टहरा निर्माण गरेका हुन् ।

पहिलो पटक १५ घर हस्तान्तरण गरेर आएका शिवाकोटीले दोस्रो पटक ३५ टहरा बनाएर फर्केका हुन् ।

उनले चारबिसकोटमा ४ ओटा वडामा केन्द्रित रहेर ५० टहरा बनाएका हुन् । जसमा ११ वडामा २१ ओटा, १२ वडामा ४ ओटा, १३ वडामा ६ ओटा, १४ वडामा १९ ओटा टहरा बनाएर हस्तान्तरण गरेको बताए ।

यी टहरा बनाउँदा उनले समाजमा जो पीडित छन् उनीहरुकै लागि पहिलो प्राथमिकता रोजेका थिए ।

उनले भने, ‘विभिन्न समुदायका, एकल महिला, वृद्धवृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरुको परिवारलाई प्राथमिकतामा राखेर बनाइयो ।’

उनले टहरा बनाउँदा पीडितलाई कुनै पनि आर्थिक भार पर्न नदिएको बताए । उनले सो क्रममा काठ भत्केका घर वा गोठकै प्रयोग गरिएको र बाँकी लाग्ने सामग्री आफूहरुले नै लगेर गएको बताए ।

केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘पीडितको कुनै पनि भार नपर्ने गरी बनाएका हौँ, काठहरु त्यही भत्केको घरको प्रयोग भएको हो । जस्तापाता र छाउन लाग्ने अन्य सामग्रीहरुसँगै मिस्त्रीको खर्चसमेत सबै हामीले नै बेहोरका हौँ ।’

रुकुममा सबैभन्दा छिटो टहरा बनाएर हस्तान्तरण गर्ने शिवाकोटी नै हुन् । उनले थप टहरा बनाउने क्रम पनि चलिरहेको बताए ।

कसले कति गरे योगदान ?

शिवाकोटीले बनाएका टहराका लागि विभिन्न समुदाय र व्यक्तिले आर्थिक सहयोग गरेका थिए । जसमा १ देखि १५ टहराका लागि लाग्ने आर्थिक सहयोग विभिन्न व्यक्तिदेखि संस्थासम्मले सहयोग गरेका हुन् ।

१५ टहराः १५ टहरा निर्माणका लागि नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय समितिले १५ ओटा टहरा बनाउन आर्थिक सहयोग गरेको थियो ।

उक्त समितिका सभापति डिका कार्की, शम्भु केसी, विराटबाबुसहितको टीमले आर्थिक सहयोग गरेको हो ।

नेपालबाट संजय कणेलले समन्वय गरेका थिए । यो अभियानमा जोडिएको भन्दै शिवाकोटीले समितिका सबैप्रति आभार प्रकट गरेका थिए ।

पाँच टहराः दर्शन ढकाल, अवनितभक्त खरेल, हिमानी खड्का, ध्रुव जोशी र टिकाराम पौडेल (काठमाडौँ) ले पाँच ओटा टहरा बनाउन आर्थिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?