+
+

श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्न सरकारलाई अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १०:२४

२६ मंसिर, काठमाडौं । श्रमजीवी–पत्रकार संघले सरकारलाई पत्रकारहरूको पारिश्रमिक राजपत्रमा प्रकाशित गरी लागू गर्न अल्टिमेटम दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सोमबार एक पत्र पठाउँदै संघका अध्यक्ष जन्मदेव जैसीले आउँदो शुक्रबारसम्म कुनै पहल नभए आगामी आइतबारदेखि चरणवद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विभिन्न सरोकारवालाहरूले पटक पटक ताकेता गर्दा पनि अहिलेसम्म ‘यसैसाता क्याविनेटमा लिदैछौं, अर्कोहप्ता राजपत्रमा प्रकाशित हुन्छ’ भनेर तत्कालीन सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि भनिदै आएको तर अहिलेसम्म दुईपटक सिफारिस भएको पारिश्रमिक राजपत्रमा प्रकाशित हुँदैन,’ मन्त्रीलाई सम्बोधन गरेको पत्रमा भनिएको छ, ‘सरकारको यस्तो रवैयाप्रति आपत्ति जनाउँदै यसैसाताको अन्तसम्म न्यूनतम पारिश्रमिक कार्यान्वयनको प्रक्रियामा नलगिए आउँदो पुस १ गतेदेखि चरणवद्ध सडक आन्दोलनमा जाने यसैपत्रमार्फत मन्त्रालयसहित सरोकारवाला सबैमा जानकारी गराउँदछौं ।’

श्रमजीवी पत्रकारहरूको पारिश्रमिक प्रत्येक २/२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गते श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २४,३७५ रुपैयाँ तोकिएको थियो । त्यसपछि यो मितिसम्म आइपुग्दा श्रमजीवी पत्रकारको तलब पुनरावलोकन नभएको झण्डै ५ वर्ष पूरा भएको छ ।

यसबीचमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७८ फागुन १८ गते र २०८० जेठमा गरी दुईपटक तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?