+
+
नेपाल सुपर लिग २०२३ :

इलामसँग बुटवल लुम्बिनीको पहिलो खेल, यस्तो छ तथ्यांक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १०:३३

१७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को आइतबार हुने खेलमा बुटवल–लुम्बिनी एफसीले स्पोर्टिङ इलामको सामना गर्दैछ ।

दशरथ रंगशालामा हुने त्यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. इलाम प्रतियोगिताका नवप्रवेशी रहेको हुनाले बुटवल–लुम्बिनीले उसको पहिलो पटक सामना गर्दैछ ।

२. यो यसपल्टको प्रतियोगिताको १२ औं र समग्रमा प्रतियोगिताकै ३७ खेल हुनेछ ।

३. इलामले आफ्नो तेस्रो खेल खेल्दैछ । उसले एक खेल जितेको छ र अर्को खेलमा हार बेहोरेको छ । इलामको दुई खेलबाट तीन अंक छ । इलाम सुरुमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । त्यसपछि झापा एफसीलाई १–० ले हराएको हो ।

४. बुटवल–लुम्बिनीले यसपल्ट दुई खेल खेलेकोमा दुवैमा परातिज रहेको छ । उसले ललितपुर सिटी एफसीसँग २–० र धनगढी एफसीसँग १–० ले खेल गुमाएको थियो । यस्तोमा टिम शून्य अंकमा रहेको छ ।

५. समग्रमा बुटवल–लुम्बिनीले नवौ खेल खेलेको छ । त्यसमा दुई जित, दुई बराबरी र पाँच हार रहेका छन् ।

६. यसपल्टको प्रतियोगितमा बुटवल–लुम्बिनी नै एक मात्र यस्तो टिम रहेको छ, जसले गोलको खाता खोलेको छैन् । बुटवल–लुम्बिनीले प्रतियोगितामा खेलेका आफ्ना पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन् ।

७.उसको अन्तिम गोल वर्ष ०७८ को सिजनमा धनगढीविरुद्ध रहेको थियो । बुटवल–लुम्बिनीले प्रतियोगितामा गोल नगरेको कुल मिनेट २ सय ८० पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?