+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १२:४०
Photo Credit : Ashbinkumar Pudasaini

१७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

प्रवक्ता साहका अनुसार ती यात्रुले पिठ्युँमा झोला बोकेका थिए । त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ ।

अहिले ती यात्रु सकुशल छन् । विमानस्थलको अवस्था पनि सामान्य छ । भौतिक क्षति केही पनि भएको छैन ।

२०७६ माघ २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको यात्रु प्रतिक्षालय क्षेत्रमा रहेको एक कफीसपमा आगलागी भएको थियो । त्यतिबेलाको आगो ठूलो भएकाले विमानस्थल पूर्णरुपमा बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?