+
+

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा आधा परीक्षार्थी मात्रै पास

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १६:१२

१७ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताए । उनले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताए ।

काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।

यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १५०० दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।

विशेषज्ञ दर्ता प्रमाणपत्र वितरण लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने काउन्सिलले जनाएको छ । प्रमाणपत्र लिनका लागि तोकिएका सबै प्रमाणपत्र सहित सम्बन्धित स्वयं उपस्थित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?