+
+

वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १७:५८

१७ मसिंर , काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।

न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएको बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालिन निर्देशक डा. सन्तोष पौडेललाई गत शुक्रबार कुनै आधार विना नै पदीय जिम्मेवारी नहरने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

डा. पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको थियो । लगत्तै स्वास्थयमन्त्रीले डा. पौडेललाई मन्त्रालय तानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?