+
+

नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते २०:१२

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले ३० प्रतिशत लाभांश बाँड्ने भएको छ ।

काठमाडौंको र्‍याडिसन होटलमा सम्पन्न २ औं वार्षिक साधारणसभाले २८.५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका निम्ति १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस पश्चात एनसीएचएलको चुक्ता पूँजी १ अबए ६६ करोड ३७ लाख ९०० रुपैयाँ बराबरको हने कम्पनीले जनाएको छ । साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब रुपैयाँ पुर्‍याउन स्वीकृत गरेको छ ।

कम्पनीले पूँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्नेछ ।

साधारण सभाको बैठकले कम्पनीको सेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न÷गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरुको संख्या १६ प्रतिशत ले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६ प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?