+
+

एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ९:०९

एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सार्वजनिक सूचनामार्फत सो सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । प्रतिकित्ता न्यूनतम मूल्य ६८६ रुपैयाँ कायम गरी योग्य लगानीकर्ताबाट आवेदन माग गरिएको छ । बोलकबोलमा बढी मूल्य दिएका आधारमा आवेदक लगानीकर्तालाई सेयर बिक्री हुनेछ ।

२६ मंसिरसम्म इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कोषको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलका अनुसार व्यक्ति तथा अन्य कम्पनीहरु भने यस बोलकबोलमा सहभागी हुन पाउने छैनन् । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १ हजार कित्ता सेयरका लागि प्रस्ताव गर्नुपर्नेछ ।

हाल नागरिक लगानी कोषमा सर्वसाधारण समूहको २० प्रतिशत सेयर हिस्सा छ भने संस्थापक समूहमा सरकारको २३.३४, नेपाल स्टक एक्स्चेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५ र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको १५.११ प्रतिशत सेयर हिस्सा छ ।

१५.११ प्रतिशत हिस्सामध्येकै २५ हजार कित्ता सेयर एनआईसी एसिया बैंकले अरु बैंक तथा वित्तीय संस्थालाई संस्थालाई बिक्री गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?