+
+
Shares

त्रिविको प्रशासनिक र शैक्षिक कार्यक्रम रोक्ने कर्मचारी संघको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते ८:१३

२० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

विगतका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरुको यथावत प्राप्तिको सुनिश्चितताका लागि तीन दिनभित्र ठोस निर्णय नभएमा त्रिविका सम्पूर्ण निकायहरुमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्दै त्रिविको दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने’ कर्मचारी संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संघले त्रिविसँग गत चैत भएको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

माग सम्बोधनका लागि त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्रबहादुर कार्कीले सोमबार उपकुलपति प्रा.डा. शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?