+
+

लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा ५० करोड कारोबार लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १६:४४

बुटवल । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा पुस ५ गतेदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ नारासहित पुस ५ गतेदेखि १८ गतेसम्म चल्ने मेलामा ५०० बढी स्टल रहने र ५० करोडको कारोबार हुने लक्ष्य रहेको संघले जनाएको छ ।

मेला आयोजक रुपन्देही व्यापार संघले बुधबार मेला स्थलमा गरेको पत्रकार सम्मेलनमा मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए । मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका स्टल रहने निश्चित भएको र अन्य देशका स्टल पनि सहभागी गराउन पहल भइरहेको अध्यक्ष घिमिरेले बताए ।

मेलामा साना तथा घरेलु उद्योग, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोबाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर,फर्निचर तथा फर्निसिङ, निर्माण सामग्री, शैक्षिक,  स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र होटल तथा रेस्टुरेन्टका ‘मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य छ,’ घिमिरेले भने, ‘अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको स्थायी संरचनामा पहिलोपटक मेला हुन लागेकाले यसपटक विगतभन्दा स्तरीयता र फरकपन दिन्छौं ।’

मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदा तथा सथलको प्रचारप्रसारसमेत गरिने उनले बताए ।

कोरोना महामारीपछि सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय व्यापार मेलाले टेवा पुग्ने अपेक्षा गरिएको प्रचारप्रसार संयोजक पर्शुराम पन्थले बताए । मेला अवधिमा दर्शकको मनोरञ्जनका लागि लोक दोहोरी, डान्स आइडयल, लोक नृत्य, विद्यालय स्तरीय नृत्य लगायत प्रतियोगिता र चर्चित कलाकारहरुको प्रस्तुति समावेश गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?