+
+

मौद्रिक नीतिको सुझावका लागि विज्ञ सम्मिलित सल्लाहकार समिति बनाइने   

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:१४

२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सुझावको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने उल्लेख छ ।

मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले नियामकीय व्यवस्थामा पनि लचकता अपनाएको  छ ।  साथै राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?