+
+

४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, १५ अर्ब ५० करोड नवीकरण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १७:३६

काठमाडौं । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने भएको हो ।

सोमबार ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । १९२ दिन अवधिको ट्रेजरी बिल मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । यस्तै ९१ दिन अवधिको ८ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै १८४ दिन अवधिको ४ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्दा ४ अर्बकै नवीकरणको लागि बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । ३६४ दिन अवधिको २ अर्ब बराबरको ट्रेजरी बिल पनि सोमबार नवीकरणको लागि बोलकबोल हुने भएको छ ।

एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?