+
+

२३ औं आहारारा गोल्डकप माघ दोस्रो सातादेखि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १८:४२

२२ मंसिर, पोखरा । उपत्यकाबाहिरको प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्ड कप माघको दोस्रो साता हुने भएको छ ।

आयोजक साहारा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गरी २३ औं संस्करणको आहारारा गोल्ड कपमा ए डिभिजन क्लब, नेपाल सुपर लिग, विदेशी टिमसँगै मोफसलका क्लब पनि सहभागी हुने जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सबै स्तरका क्लबले भाग लिन पाउने भए पनि छनोटका लागि छुट्टै टिम गठन गरिनेछ ।

‘क्राइसिसले गर्दा यो पटक आहारारा पोखरा गोल्डकप हुन्छ कि हुँदैन भनेर धेरैले प्रश्न गरिराख्नुभएको छ । निश्चय नै प्रतियोगिता हुन्छ’, आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले भने, ‘तर, सहभागी हुने टिम छनोट गर्न ‘टिम सम्पर्क कमिटी’ गठन गरिनेछ । त्यो टिमले ओके गरेपछि मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन् ।’

मूल आयोजक कमिटी गठन गर्न बाँकी रहेकाले त्यसपछि मात्र कस्ता टिम सहभागी हुने भन्ने टुंगो लाग्ने बताए ।

प्रतियोगिताको २२ औैं संस्करण उपाधि संकटा क्लबले जितेको थियो भने अमेरिकाको भुटनिज स्पोर्टस् क्लब उपविजेता बनेको थियो ।

प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गर्दै आएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?