+
+

स्टेज रेस च्यालेन्जमा मानबहादुर र छोकी च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते १८:१२

२३ मंसिर, काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।

गुर्जे भञ्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा पहिलो भए। मानबहादुरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गरे। यसैगरी श्याम मगराती (३.१३:१३ सकेन्ड) दोस्रो र अशोक बराम (३.१६:०० सकेन्ड) तेस्रो स्थानमा रहे ।

महिलातर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी चार घन्टा सात मिनेट दुई सकेन्ड समय लगातार च्याम्पियन बनेमा हुन् ।

सो स्पर्धामा फ्लु माउन्ट जोय (४.३६:००) उपविजेता बने भने जाये फे स्टोरिच (४.५३:०८) तेस्रो स्थानमा रहे । नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।

सो स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थियो । जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० जना विदेशी धावक धाविकाको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?