+
+

बाबु शेर्पाले जिते गल्फ प्रतियोगिताको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:३७

काठमाडौं । बाबु शेर्पाले एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको प्रतियोगितामा १४३ प्रतियोगी सहभागी थिए ।

‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगितामा १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भए । शेर्पाले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भए ।

४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अप भए । केसीले पुरस्कार स्वरुप ट्रफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् ।

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि सदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रफीसँगै सामसङको ग्याल्याक्सी जेड फ्लिप पुरस्कार स्वरुप प्राप्त गरे ।

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरिन् भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् ।

३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै ८ इन्च टु द पीनका साथ क्लोजेस्ट टु द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए ।

यो प्रतियोगिता ३/४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?