+
+

बंगलादेश र थाइल्याण्ड जाने गल्फ टोलीको‌ बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १८:४७

१४ माघ, काठमाडौं । नेपाल गल्फ संघले दुई अलग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने राष्ट्रिय टिमका खेलाडीहरू सद्भाव आचार्य, राहुल विश्वकर्मा र कश्मिरा शाहलाई बिदाइ गरिएको छ । उनीहरूलाई आइतबार नेपाल गल्फ संघका कोषाध्यक्ष किशन अग्रवालले बिदाइ गरेका थिए ।

सद्भाव र राहुलले ३७ औं संस्करणको बंगलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रतियोगिता बुधबारदेखि शनिबारसम्म ढाकाको कुर्मीतोला गल्फ क्लबमा हुनेछ ।

सद्भाव र सुवास तामाङले गत संस्करणमा टिम स्पर्धामा कुल ४ ओभर २९२ को स्कोरमा नेपाललाई स्वर्ण दिलाएका थि ए। १२ टिम सहभागी प्रतियोगितामा नेपाल पहिलो भएको थियो ।

यो पटक राहुल र सदभावलाई नेपालको लागि लगातार दोस्रो पटक स्वर्ण दिलाउने अवसर छ । दुवै खेलाडीले टिम र व्यक्तिगत दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगितामा अहिलेसम्म नेपालले व्यक्तिगततर्फ भने स्वर्ण जित्न सकेको छैन ।

गत संस्करणमा सुवासले व्यक्तिगततर्फ रजत पदक जितेका थिए । भारतीय गल्फ टुरको क्यू-स्कुल खेल्ने तयारीमा रहेका कारण सुवासले भाग नलिएका हुन् ।

सदभावसँग यो प्रतियोगिताको अनुभव रहेको र पछिल्लो समय एसियन गेम्स र एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीपमा‌ पनि सहभागी भएको कारण उत्कृष्ट प्रदर्शनको अपेक्षा छ ।

राहुलले पछिल्लो समय तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेका थिए । केहि दिनदेखि सदभाव र राहुलले गोकर्ण क्लफ क्लबमा प्रतियोगिताको तयारी गरिरहेका छन् ।

राष्ट्रिय टिमबाट राहुलले पहिलो पटक सहभागिता जनाउँदै छन् । सदभाव र राहुल टिम व्यवस्थापक समेत रहेका नेपाल गल्फ संघका सचिव श्रीराम भण्डारी सोमबार ढाका प्रस्थान गर्नेछन् ।

नेपाली राष्ट्रिय महिला गल्फ खेलाडी कश्मिरा शाहले वुमन्स एमेच्योर एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिँदैछिन ।

थाइल्याण्डको पतायास्थित सायम कन्ट्री क्लबमा हुने च्याम्पियनसिपमा वरियताको आधारमा कश्मिरालाई नेपाल गल्फ संघले छनोट गरेको हो । उनी महिला विश्व गल्फ वरियतामा ९३७ औं स्थानमा छिन् ।

च्याम्पियनसिप माघ १८ गतेदेखि २१ गतेसम्म हुनेछ ।

जहाँ एसियाका ९० महिला एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन । कश्मिराले यो प्रतियोगिता लगातार दोस्रो पटक खेल्न लागेकी हुन् ।  नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले उक्त प्रतियोगितामा व्यवस्थापकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनीहरु आजै थाइल्याण्ड गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?