+
+

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालबाट १० खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते ६:३५
गुलशन झा र कुशल भुर्तेल

२६ मंसिर, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका १० खेलाडी समावेश भएका छन् ।

पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी समावेश भएका छन् ।

जसमा सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी छन् ।

त्यसमध्ये सन्दीप प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा छन् । यस्तै बाँकी ८ खेलाडी सिल्भर क्याटेगोरीमा छन् ।

आगामी सिजनको पीएसएलको लागि ड्राप्ट आउने बुधबार डिसेम्बर १३ मा हुँदैछ । पीएसएल २०२४ फेब्रुअरी १३ देखि मार्च १८ सम्म हुनेछ ।

प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडी कुनै टिममा अनुबन्ध भएमा १ लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै गोल्ड क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले ३७ हजार ४३५ डलर तथा सिल्भर क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १८ हजार अमेरिकी डलर पाउनेछन् ।

प्लाटिनम क्याटेगोरी : सन्दीप लामिछाने

गोल्ड क्याटेगोरी : गुल्सन झा

सिल्भर क्याटेगोरी : आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?