+
+

भारतका रक्सी कारोबारी सांसदको घरमा भेटिएको पैसा गन्न ५ दिन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १७:२६

२६ मंसिर, काठमाडौं । भारतको ओडिसा राज्यको बलांगिर शहरको सुदपाडामा रहेको एउटा स्वदेशी रक्सी कारखाना र त्यो कारखानाका मालिक समेत रहेका सांसदको ठेगानामा गत बुधबार आयकर विभागले छापा मार्दा भेटिएको रकम ५ दिनमा गनेर सकिएको छ ।

कांग्रेस सांसद धिरज साहुको कारखाना र कारखानाका व्यवस्थापकको घरमा छापा मार्दा २८५ करोड रुपैयाँ नगद बरामद भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

। साथै टिटलगढका दुई बैंकमा रहेका लकरबाट सुनका गहना पनि बरामद गरिएको छ ।

कारखानाका व्यवस्थापक बन्टी साहुको घरमा १७६ वटा बोरामा ५००, २०० र १०० का नोट फेला परेका थिए ।

बरामद नगद गन्ननका लागि स्टेट बैंक अफ इण्डियाका ५० भन्दा धेरै कर्मचारी खटिएका थिए । उनीहरूले नोट गन्ने २५ वटा मेसिन प्रयोग गरेर ५ दिनमा पैसा गनेर सकेका हुन् ।

नोट पुरान भएकाले गन्दाखेरी मेसिन नै विग्रिएको एक कर्मचारीले बताए । धेरै नै पुराना नोट मेसिनले गन्न नसकेपछि हातले नै गनिएको थियो ।

बरामद नोट गनेर सकिए साहुसँग सम्बन्धित ठेगानाहरुमा छापामारी अझै नसकिएको आयकर विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?