+
+

पृथ्वी जयन्तीमा राप्रपाले कविता प्रतियोगिता गर्ने, बिजेतालाई १ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १२:३१

२७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा कविता प्रतियोगिता आयोजना गरेको छ ।

पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ४० वर्ष पूरा नभएका व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगीले १५ पुसभित्र कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनुपर्नेछ । ५०० शब्दसम्मको कविता इमेल र ह्वाट्सएपबाट पठाउन सकिने वा राप्रपाको धुम्बाराहीस्थित कार्यालयमै आएर पनि बुझाउन सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र त्यसपछिका ३ जनालाई सान्त्वनास्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिने राप्रपाले जनाएको छ । पुरस्कृत कविताहरु २७ पुसमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वाचन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कविताको मूल्यांकन ३ जना प्रतिष्ठित कविले गर्ने र उनीहरुको नाम २७ पुसमा सार्वजनिक गरिने राप्रपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?