+
+

तस्वीरमा हेर्नुहोस् राप्रपाको चियापान

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० पुष २७ गते १५:४४

२७ पुस, काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चियापान कार्यक्रम आयोजना गरेको छ ।

भृकुटीमण्डपमा भएको चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । राप्रपाका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

राप्रपाका अनुसार चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि,धार्मिक संघ संगठनका, उद्योगी, व्यवसायी, पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको थियो ।

बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?