+
+

छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १४:०९
प्रधानमन्त्री कपको उपाधिसहित एपीएफ क्लब । फाइल तस्वीर

२७ मंसिर, काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ ।

क्रिकेटलाई काठमाडौं बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

‘अहिले धेरै क्रिकेट प्रतियोगिताहरु काठमाडौं केन्द्रित भइरहेका छन् । म आफैंले पनि बाहिर गएर प्रतियोगिताहरु हेरेँ । अब काठमाडौं बाहिर पनि प्रतियोगिता लैजाने योजना अनुसार हेर्दा भैरहवा उपयुक्त हुने देखियो ।’

प्रतियोगिताअघि केही अन्तर्राष्ट्रिय सिरिज हुने तयारी भइरहेका कारण प्रतियोगिताको मिति भने सार्वजनिक भइसकेको छैन ।

‘यसको मिति पनि छिटै सार्वजनिक हुनेछ । केही अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुने विषयमा पनि छलफल भइरहेकोले मिति तय भएको छैन’, पारसले बताए ।

सम्भवत प्रतियोगिता माघको पहिलो सातादेखि हुने उनले बताएका छन् । उनले भने, ‘जनवरी तेस्रो साता (माघको पहिलो साता) देखि गर्ने तयारी छ ।’

यसअघि नै यो प्रतियोगिता राउण्ड रोबिन प्रणालीमा गर्ने तयारी भए पनि निश्चित भने भइसकेको छैन । ‘राउण्ड रोविनमा गर्ने तयारी गरिरहेका छौं । सम्भवत त त्यही नै हुन्छ होला’, पारसले अनलाइनखबरलाई बताए ।

यसअघिको प्रधानमन्त्री कपको उपाधि एपीएफ क्लबले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?