+
+

संस्कृतिमैत्री नभएकाले ५२ प्रतिशत विकास योजना पूरा भएनन् : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १७:४२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका छन् । बुधवार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा बोल्दै किरातीले विकास गर्दा संस्कृतिमैत्री हुनुपर्ने धारणा राखे ।

देशको विकास योजनामध्ये ५२ प्रतिशत पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको उनले बताए । विकास नीति तथा योजना संस्कृतिमैत्री नभएका कारण बाधा आइपर्ने गरेको तर्क उनले गरे ।

मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको जनाए । सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने उनले बताए । संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति तयार गर्नुपर्ने उनले बताए ।

उनले भने- संस्कृति उद्योगमा जोड्ने खालको नीति हामीले तयार गर्नुछ । अहिले विकसित राष्ट्रले समेत सांस्कृतिक उद्योगमा जोड दिएका छन् । ती देशको संस्कृति मर्दै गैरहेको छ । संस्कृतिलाई जीवन्त राख्न, उद्योग र उत्पादनसँग जोड्न र नेपालको प्रकृतिसँग जोडियो भने पर्यटन उद्योगमा बदलिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमलाई स्थापित गराउन खोजेका छौँ ।’

संस्थानले मंसिर २९ गते ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने जानकारी गराइएको छ । सांस्कृतिक पर्यटनको विकासमा टेवा पु¥याउन, नेपालको लोक संस्कृतिलाई विश्वमाझ चिनाउन विदेशी पर्यटकलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको सांस्कृतिक संस्थानले जनाएको छ ।

सांस्कृतिक कार्यक्रमबारे जानकारी दिँदै मन्त्री किराँतीले संस्कृतिलाई उत्पादन र उद्योगमा जोड्दै विदेशी पर्यटकलाई एकै ठाउँमा देशको अनुहार देखाउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने उक्त कार्यक्रममा नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुति देखाइने भएको छ । कार्यक्रममा सहभागि हुने नेपाली नागरिकलाई ५ सय, छिमेकी मुलुक भारत र चीनका नागरिकलाई १ हजार र अन्य विदेशी नागरिकका लागि एक हजार पाँच सयको टिकटको व्यवस्था गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?