+
+

५ विशिष्ट व्यक्तिलाई मनास्लु वर्ल्ड कलेजको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १८:१९

७ फागुन, काठमाडौं । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ ।

प्रज्ञा भवनमा आयोजित मनास्लु सांस्कृतिक एवं सृष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पाँच विभिन्न विधाका विशष्टि व्यक्तिलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका जगदीश खरेल, संगीतकर्मी कुन्ती मोक्तान, राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ छन् ।

कार्यक्रममा शिक्षासेवीबाट जयन्ती सत्याल अधिकारी र समाजसेवी सम्मान बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्री किरातीले स्रष्टाप्रति गरिएको सम्मानले युवा पुस्तामा स्रष्टाप्रतिको सम्मान बढाएको दाबी गरे ।  उनले समाजमा पुर्‍याएको योगदानको स्मरण गर्दै समाज रुपान्तरणमा सदैव भूमिका खेल्न आग्रह समेत गरे ।

कार्यक्रममा कुन्ती मोक्तान र सुवानी मोक्तानले सांगीतिक प्रस्तुति दिएका थिए । यस्तै, भ्वाइस अफ नेपाल सिजन तीनकी निर्णायक एवं गायिका तिर्सना गुरुङ र समीक्षा अधिकारीले समेत प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नजिता ल्याउने विभिन्न संकायका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कलेजले पहिलोपटक मनास्लु आइडल, मनास्लु डान्सिङ स्टार र मिस्टर एण्ड मिस मनास्लुको फाइनल आयोजना गरेर विजेतालाई समेत पुरस्कृत गरेको थियो ।

यस्तै, कलेजमा अध्यापनरत उत्कृष्ट ६ जना शिक्षक-शिक्षिका तथा कर्मचारीलाई सम्मान गरेको थियो ।

हरेक वर्ष कलेजले कक्षा ११ लाई स्वागत र १२ लाई बिदाइ गर्ने उद्देश्यसहित सांस्कृतिक एवं स्रष्टा कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?