+
+

म कुनै दाग नलागी निस्किन पाएँ : सुदन किराती

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १८:१५

२४ फागुन, काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए ।

‘मन्त्रालयबाट निस्किदाँखेरि एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकी म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ’ उनले भने ।

पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताउए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रिपरिषदमा समावेश हुन नसकेको उनको बुझाइ छ ।

‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरुको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरुको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दा पनि अनुभवी हुनुहुन्छ नि उहाँहरु ।’

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाउँदा प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका तीन मन्त्रीलाई दोहोर्‍याएका छन् भने सुदन किराती मात्र बाहिर परेका छन् । किरातीले सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा अहिले हितबहादुर तामाङले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?