+
+

अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १७:३६

१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरूले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरंकुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस्,’ मन्त्री किराँतीले आग्रह गर्दै भने, ‘तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं ।’

मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न अग्रज नेताहरूलाई सक्दो साथ दिने प्रतिवद्धता उनको थियो । मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?