+
+

टेस्लाले ल्यायो मानिस जस्तै रोबोट, घरधन्दादेखि नृत्य समेत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १२:३५
Photo Credit : Tesla

काठमाडौं । त्यो समय टाढा छैन जब हामीले बजारमा मानिस जस्तै रोबोट अर्थात् ह्युमानोइड रोबोट देख्न पाउनेछौँ । उसो त यस्तो मानवरुपी रोबोटको निर्माण कैयन् कम्पनीहरुले काम गरिरहेका छन् । विद्युतीय कार निर्माता कम्पनी टेस्ला पनि यो क्षेत्रमा अग्रस्थानमा रहेको छ । टेस्लाले गतवर्ष आफ्नो पहिलो ह्युमानोइड रोबोट टेस्ला बम्बलबी सार्वजनिक गरेको थियो ।

यो वर्षको सुरुवातमै पनि कम्पनीले नयाँ ह्युमानोइड रोबोट पेश गरेको थियो । अहिले टेस्लाले सोही रोबोटमा केही परिवर्तन गरेर नयाँ संस्करण ल्याएको छ र त्यससँगै ह्युमानोइड निकै सक्रिय बनेको छ ।

गत मार्च महिनामा अप्टिमस जेन १ नामक ह्युमानोइड रोबोट ल्याएको टेस्लाले हाल अप्टिपस जेन २ सार्वजनिक गरेको छ ।

यसमा विभिन्न नयाँ फिचरहरु रहेका छन् । अप्टिमस जेन टू मा नयाँ एक्चुएटर तथा सेन्सर राखिएको छ । यसमा द्द(म्यँ ब्अतगबतभम ल्भअप राखिएको छ । नयाँ रोबोटमा हातखुट्टाका लागि नयाँ सेन्सर राखिएको छ ।

साथै पुरानो रोबोटको तुलनामा यसको वजन पनि १० केजी कम भएको छ । तर वजन घटाउनका लागि रोबोटका फिचर्समा कुनै पनि कटौती नगरिएको टेस्लाको भनाइ छ । यो रोबोटले उत्कृष्ट सन्तुलन तथा सरीरको पूर्ण नियन्त्रण गर्न सक्दछ । यसको सन्तुलन क्षमता यतिधेरै छ कि यसले स्क्वाट व्यायाम समेत गर्नसक्छ ।

कम्पनीले यो रोबोटमा ज्ञज्ञ म्यँ को पूर्ण नयाँ हात राखेको छ जुन पहिलो संस्करणको तुलनामा निकै तीव्र गतिमा चलाउन सकिन्छ । यसले आफ्ना औँलालाई समेत सजिलैसँग घुमाउन सक्दछ । सबै औँलामा तबअतष्भि कभलकष्लन को प्रयोग गरिएको छ । यसबाट रोबोटले हातमा समाएको वस्तु के हो भन्ने थाहा पाउन सक्दछ ।

हुनत ह्युमानोइड रोबोटको परिपूर्ण मोडेल तयार पार्न अझै समय लाग्नेछ । तर यो मोडेल अघिल्लो संस्करण भन्दा निकै उत्कृष्ट छ । यो रोबोटले नृत्य तथा घरायासी कामहरु समेत गर्ने क्षमता राख्दछ । यो रोबोट केही समयपछि बजारमा उपलब्ध हुने टेस्लाको भनाइ छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?