+
+

प्रतिवेदनमा एकरुपता ल्याउन कांग्रेसका दुई महामन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १९:३१

२८ मंसिर,काठमाडौं । महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनलाई एकरुपता ल्याउनका लागि कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विच छलफल भएको छ ।

महासमिति बैठकमा थापाले सांगठनिक र शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी छ । कांग्रेसले १६ पुस देखि १९ सम्मको लागि महासमिति बैठक डाकेको छ ।

‘सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन लेख्यौं । हामी दुईले लेखेको प्रतिवेदनलाई एकरुपता ल्याउनका लागि छलफल गरेका हौं,’ महामन्त्री थापाले भने,‘महामन्त्रीका कामहरु संयुक्त रुपमा गरिरहेकाले प्रतिवेदनहरु पनि एक अर्कामा दुइटैको बनाऔं भनेर छलफल गरेका हौं ।’ प्रतिवेदन लेखनमा समेट्ने विषय एक अर्काले सुझाव दिएको महामन्त्री थापाले जानकारी गराए ।

कार्यसम्पादन समिति बैठक बस्नु अघिल्लो दिन दुई महामन्त्री विच छलफल भएको छ । कार्य सम्पादन बैठकका बारेमा भने कुराकानी नभएको थापाले प्रष्टाए । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका छन् ।

छलफलमा एजेण्डामा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीति बनाइएको छ । सभापति देउवाको इच्छा महासमिति बैठक सार्ने रहेको नेताहरुले बताएका छन् । राष्ट्रिय सभा निर्वाचन, जाडोको मौसमलगायतका कारण देखाई सभापति देउवाले महासमिति बैठक फागुनमा पु¥याउने तयारी गरेको पार्टी नेताहरु बताउँछन् ।

कार्यसम्पादन समिति बैठकमा महासमितिको हालसम्मको तयारी आफूहरुले प्रस्तुत गर्न महामन्त्री थापाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?